|

काठमाडौं: रौतहटको मौलापुरमा खेतमा पानी लगाउने विषयमा दुई समूहबीच झडप हुँदा १५ जना घाईते भएका छन्।

मौलापुर नगरपालिका १ मर्यादपुरमा स्थानीय भवाल साह सोनारले छिमेकी हृदय नारायण यादवको खेतमा भल पानी लगाइदिएपछि शनिबार विहान झडप भएको हो।
झडपमा दुवै पक्षका गरी १५ जना घाईते भएको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता प्रहरी निरीक्षक सुशील पाण्डेले थाहाखबरलाई जानकारी दिए। उनका अनुसार अनुसार घाईते हुनेहरुमा शाह पक्षका ८ जना  र ७ जना यादव पक्षका छन् ।

घाइतेहरुको मौलापुरमै प्राथमिक उपचार भएको र अहिले सवैको अवस्था सामान्य रहेको छ।

झडपकै कारण मर्यादपुरमा केही समय तनावग्रस्त बनेको थियो । घटनास्थललाई नियन्त्रणमा लिन प्रहरी निरीक्षक दिनेश कुवँर र राकेश यादवको नेतृत्वमा ५५ जना सुरक्षाकर्मी परिचालन गरिएको  जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

प्रहरीका अनुसार अहिले अवस्था सामान्य रहेको छ । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.