|

हेटौंडा : हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने छोटो दूरीको दुवै सडक करिब २० घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ।

अविरल वर्षासँगै आएको बाढी र पहिरोले शनिबारदेखि अवरुद्व बनेको हेटौंडा–भीमफेदी–कुलेखानी हुँदै फाखेल–फर्पिङ भएर काठमाडौं प्रवेश गर्ने मार्ग २० घण्टापछि एकतर्फी सञ्चालनमा आएको हो। यस्तै, हेटौंडा–भीमफेदी–कुलेखानी हुँदै सिस्नेरी–दक्षिणकाली भएर काठमाडौं प्रवेश गर्ने सडकखण्ड पनि एकतर्फी सञ्चालनमा आएको ईलाका प्रहरी कार्यालय  भीमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिए। 

भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढी नजिकैको साउनेपानी खोल्चा र जुरिखेतमा झरेको पहिरो पन्छाएर एकतर्फी रुपमा सडक सञ्चालन गरिएको बताए। श्रेष्ठको अनुसार एकतर्फी सडक सञ्चालनमा आए पनि पहिरोको जोखिम अत्याधिक रहेको छ। शनिबार पनि बिहान खसेको पहिरो पन्छाउन नपाउँदै पुनः ठूलो पहिरो खसेर बाटो अवरुद्व भएको भन्दै श्रेष्ठले अहिले पनि  त्यस ठाउँमा पहिरोको जोखिम रहेको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.