|
फाइल फोटो

हेटौंडा : मंगलबार बिहानदेखि परेको वर्षाका कारण खसेको पहिरोले भीमफेदी–कुलेखानी सडक खण्ड अवरुद्व बनेको छ। एक दिन अघिमात्रै पहिरो पन्छाएर सञ्चालनमा आएको हेटौंडालाई काठमाडौंसँग जोड्ने छोटो दूरीको मार्गमा फेरि पहिरो खस्दा अवरुद्व बनेको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासको अनुसार भीमफेदी गाउँपालिका–६ स्थित साउनेखोल्चीमा पहिरो खसेको छ। बिहान १० बजेतिर खसेको पहिरो पन्छाउने कार्य भइरहेको उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.