|

काठमाडौं  :  जिल्ला प्रशासन कार्यालय तनहुँले बाढी पहिरोको जोखिम रहेकाले सर्तक रहन अनुरोध गरेको छ।  जिल्लाभित्र बाढी पहिरोको जोखिम रहेकाले सतर्क रहन प्रशासनले अनुरोध गरेको हो। 

कार्यालयले मंगलबार सुचना जारी गर्दै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान  महाशाखाले १६ असारदेखि १९ सम्म भारी वर्षको सम्भावना रहेकाे  बताएकोले सतर्क रहन अनुरोध गरेको छ। 

जिल्लाका विभिन्न स्थान बाढी पहिरोको जोखिममा रहेकाले सेती,मादी,त्रिशुली कालीगण्डकी नदी छेउछाउमा नजान प्रशासनले अनुरोध गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.