|

काठमाडौं : बाढी र पहिरोबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई नेपाली कांग्रेसले २५ हजार रुपैयाँ दिने भएको छ।

२०७८ साल वैशाखयता बाढी पहिरोबाट ज्यान गुमाएका परिवारलाई २५ हजार उपलब्ध गराउन लागेको हो।

कांग्रेसको बाढीपहिरो विपद् व्यवस्थापन समितिका केन्द्रीय समन्वय समितिका संयोजक मोहन बस्नेतले मंगलबार एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएका हुन्।

मृतकको परिवारले कांग्रेसबाट उपलब्ध गराउने राहत प्राप्त गर्नका लागि सम्बन्धित निकायबाट सनाखत हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.