|

काठमाडौं : विश्व हिन्दु युवा संघका प्रवक्ता अनुराग शाहले आज पदबाट राजीनामा दिएका छन्।

संघका अध्यक्ष ऋषिकेश जंग शाहले गाँजालाई संगठनको मुख्य एजेन्डा बनाएको भन्दै त्यसप्रति विमति जनाउँदै आफूले राजीनामा दिएको उनले बताए। 

शाहले आज एक विज्ञप्ति जारी गर्दै 'धर्म जोगाउन र नेपालमा हिन्दुराष्ट्र जोगाउनभन्दा पनि गाँजा जोगाउन विश्व हिन्दु युवा संघ क्रियाशील भएको बताएका छन्।

गाँजा वैधानिकताको पक्ष राम्रो भए पनि यो विषय हिन्दु संगठनको मुख्य एजेन्डा हुन नसक्ने उनको जिकिर छ। 

विश्व हिन्दु युवा संघलाई अध्यक्षले कुनै एउटा व्यक्तिको क्लब जसरी चलाएको पनि आरोप लगाएका छन्। प्रवक्ता शाहले आफू विश्व हिन्दुको साधारण सदस्यसमेत नभए पनि हिन्दुराष्ट्र पुनर्स्थापनाका लागि सधैं लाग्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.