|

काठमाडौं : चीनको सत्तारुढ कम्युनिष्ट पार्टी (सीपीसी)ले आज सयौँ वार्षिकोत्सव मनाउँदैछ। 

सयौँ वार्षिकोत्सवका अवसरमा सत्तारुढ सीपीसीले केही दिनयता विभिन्न स्तरमा कार्यक्रमहरु गरिरहेको छ। पार्टीको केन्द्रीय समितिका महासचिव रहेका राष्ट्रपति सी जिनपिङले आज एक सन्देश दिँदै सबै हिसाबले समृद्ध समाज निर्माणका लागि पार्टीले पहिलो शताब्दी लक्ष्य हासिल गरेको बताएका छन्।

उनले चीनमा गरिबी समस्या पूर्ण रुपमा समाधानको पहिलो ऐतिहासिक लक्ष्य पुरा भएको बताउँदै अब एक महान आधुनिक समाजवादी देश बनाउने दोस्रो शताब्दी लक्ष्य र आत्मविश्वासका साथ आफूहरु अघि बढेको सिन्ह्वाले जनाएको छ। 

सन् १९२१ मा स्थापना भएको चीनको कम्युनिस्ट पार्टी लामो गृहयुद्धपछि ७२ वर्षअघि सत्तामा पुगेको थियो। सयौं वार्षिकोत्सव मनाइरहँदा चीनले देशका अधिकांशसहरमा पार्टी स्थापना पूर्वको अवस्था झल्काउने विभिन्न कार्यक्रमहरु गरेर त्यसपछि हासिल भएको उपलब्धिको प्रचारप्रसार गरिरहेको छ। 

आज राजधानी बेइजिङका केही मुख्य क्षेत्रमा ठूला कार्यक्रमहरु आयोजना हुन सक्ने बताइएको छ। तर राष्ट्रपति सी सहभागी हुने कुनै कार्यक्रमको तालिका सार्वजनिक गरिएको छैन।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.