|

काठमाडौं : सार्वजनिक निकायमा खरिद सम्बन्धी काम गर्ने कर्मचारीको योग्यता निर्धारण मापदण्ड २०७८ तयार भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक सार्वजनिक खरिद अनुगमन कार्यालयले उक्त मापदण्ड तयार पारेको हो।

कर्मचारीको योग्यता सम्बन्धी नयाँ मापदण्ड बिहीबार सचिवस्तरको निर्णयानुसार स्वीकृति गरी जारी गरिएको साे कार्यालयका सहसचिव एवं प्रवक्ता विष्णु प्रसाद काेइरालाले जानकारी दिए। सो कार्यालयले नयाँ मापदण्ड लागू गर्न पनि सबैमा अनुरोध गरेको छ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ७ को उपदफा (२) मा सार्वजनिक निकायले खरिद सम्बन्धी कार्य गर्दा सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्धाण गरेको योग्यता भएको र खरिद कार्य सम्बन्धी ज्ञान भएको वा तालिम प्राप्त कर्मचारीबाट मात्र गराउनु पर्ने व्यवस्था छ। 

नयाँ मापदण्ड अनुसार सार्वजनिक निकायको प्रमुखको पद जुन श्रेणी र तहको छ, सामान्यतया सोभन्दा एक श्रेणी र तह मनिको कर्मचारीलाई खरिद इकाई प्रमुख तोक्नुपर्ने छ। 

यस्तो छ मापदण्डको पूर्णपाठ

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.