|

म्याग्दी : वैदेशिक रोजगारका लागि प्रवासमा रहेका म्याग्देलीहरुको संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिले मालिका र धौलागिरि गाउँपालिकाका बाढी–पहिरोपीडित ४० परिवारलाई नयाँ घर निर्माण गरेर हस्तान्तरण गरेको छ।

मालिका–७ बिमका १० र धवलागिरि वडा नम्बर ६ मराङ र ७ धारापानीका ३० परिवारलाई घर हस्तान्तरण गरिएको हो। गत वर्ष बाढी–पहिरोबाट विस्थापित बिमका १० परिवारलाई गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगर, प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीलगायतको उपस्थितिमा बिहीबार मोना अन्तर्राष्ट्रिय कार्यसमितिका अध्यक्ष ओमनारायण जुग्जालीले नवनिर्मित घरको चाबी हस्तान्तरण गरेका हुन्।

त्यस्तै, धवलागिरिका ३० परिवारलाई बुधबार गाउँपालिका अध्यक्ष थमसरा पुन मगरको उपस्थितिमा घर हस्तान्तरण गरिएको छ।

मोना अन्तर्राष्ट्रिय कार्यसमितिका अध्यक्ष ओम नारायण जुग्जालीले बाढी–पहिरोबाट विस्थापित परिवारलाई स्थानीय तहको समन्वय तथा सहकार्यमा दुई करोड रुपैयाँमा ४० वटा घर निर्माण गरिएको जानकारी दिए। उनका अनुसार प्रतिघर पाँच लाख रुपैयाँ लागतमा निर्माण गरिएको हो। अध्यक्ष जुग्जालीले नवनिर्मित घरको पूर्णरुपमा भोगचलन गर्न लाभग्राहीलाई आग्रह गर्दै गाउँपालिकामार्फत संरक्षण गर्न अनुरोध गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.