|

गोरखा : प्रहरीले प्रतिबन्धित वन लसुनसहित गोरखाका दुई युवालाई पक्राउ गरेको छ। करिब ६ लाख रुपैयाँ बराबरको प्रतिबन्धित वन लसुनसहित शुक्रबार  मनाङबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरुबाट करिब ३० किलोग्राम वन लसुन बरामद भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। पक्राउ पर्नेमा गोरखाको धार्चे गाउँपालिका–५ गुम्दाका ४५ वर्षीय माइला गुरुङ र वडा नम्बर ७ का ३८ वर्षीय जीतबहादुर गुरुङ रहेको मनाङका डीएसपी सुवास खड्काले जानकारी दिए।

उनीहरु दुबै जना मनाङमा नै डेरा गरेर बस्दै आएका थिए । पक्राउ परेका दुई जनासहित बरामद भएको वन लसुनलाई थप अनुसन्धान र कारबाहीका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.