|

काठमाडौं : कोरोना खोप भेरोसेल खरीदका लागि सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग सम्झौता गरेको छ। सिनोर्फमसँग खोप खरिदको सम्झौता भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले शुक्रबार विज्ञप्ति जारी जानकारी दिए। 

मन्त्रालयले कति खोप आपूर्तिका लागि कति मूल्यमा सम्झौता भएको भने खुलाएको छैन। ‘असार २४ गतेबाट खोप आपूर्ति सुरु हुने र साप्ताहिक रुपमा आउने छ’ विज्ञप्तिमा भनिएको छ,‘ ४० लाख डोज खरिदका लागि सम्झौता भएको छ।’

खोप आयातका लागि नेपाल वायुसेवा निगमको वाइड बडी जहाज बिहीबार बेइजिङ उड्ने निगमले जनाएको छ। निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले सरकारले १० लाख डोज खोप ल्याउने गरी जहाजको तयारी गर्न निर्देशन दिएको जानकारी दिए।

खोपको निरन्तर आपूर्तिबाट कोभिड–१९ विरुद्धको खोप अभियान सुचारु हुने पनि प्रवक्ता विज्ञप्तिमा उल्लेख छ। यसका साथै गाभी कोभ्याक्स फ्यासिलिटीबाट पनि छिट्टै खोप प्राप्त गरी कोभिड–१९ विरुद्धको खोप कार्यक्रमको विस्तार हुने मन्त्रालयले जनाएकाे छ।

असार २२ गतेदेखि भेरोसेल खोपको दोस्रो मात्रा प्रदान गरिँदैछ। हालसम्म कूल ४२ लाख ४८ हजार मात्रा खोप नेपालले प्राप्त गरिसकेको छ भने आजसम्म जनसंख्याको २५ लाख ७४ हजार ७१५ (९ प्रतिशत) ले पहिलो मात्रा र ७ लाख ५७ हजार ३८० जनाले (३ प्रतिशत) ले दोस्रो मात्रा कोरोना भाइरसविरुद्धको खोप लगाइसकेकाे मन्त्रालयले जनाएकाे छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.