|

काठमाडाैं : जारी युरोकपको क्वार्टरफाइनलमा स्विट्जरल्याण्डलाई हराउँदै स्पेन सेमिफाइनल प्रवेश गरेको छ। स्पेनले टाइब्रेकरमा जित निकालेको हो। 

पहिलो हाफमा आत्मघाती गोलको मद्दतमा बनाएको अग्रता जोगाउन नसक्दा स्पेनले दोस्रो हाफमा गोल खाएको थियो। ७७ मिनेटमा स्विट्जरल्याण्डका खेलाडीले रातो कार्ड खाँदै मैदान छाडेका थिए। निर्धारित ९० मिनेटमा १-१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। उक्त समयमा पनि दुवै तर्फबाट गोल हुन नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो। 

१० खेलाडीमा सीमित स्विट्जरल्याण्डलाई हराउन स्पेनलाई निकै सकस भएको थियो। स्पेनले पेनाल्टी सुटआउटमा ३-१ को जित निकालेको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.