|

काठमाडौं : नेकपा एमालेले आगामी साउन २५ गते विधान अधिवेशन गर्ने भएको छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा शुक्रबार र शनिबार बसेको १३ औं केन्द्रीय समिति बैठकले अगामी साउन २५, २६ र २७ गते काठमाडौंमा विधान अधिवेशन गर्ने निर्णय गरेको हो। 

विधान अधिवेशनमा पार्टी अध्यक्षको संयोजकत्वमा राजनीतिक प्रतिवेदन, महासचिवको संयोजकत्वमा संगठनात्मक प्रस्ताव, संगठन विभाग प्रमुखको संयोजकत्वमा विधान संसोधन प्रस्ताव र नेता रामबहादुर थापाको संयोजत्वमा व्यवस्थापन समिति गठन गर्ने निर्णय पनि भएको प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए।

असार मसान्तसम्म पार्टीको सदस्यता नवीकरण गराइसक्नुपर्ने, साउन ५ गते त्यसको अभिलेख पार्टी केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्ने बैठकले निर्देशन दिएको छ। त्यसैगरी पार्टीका तल्लो तहका कमिटीहरुको अधिवेशनअन्तर्गत आगामी भदौ ५ गते वडास्तरका र १५ गते पालिकास्तरका अधिवेशन गर्ने निर्णय बैठकले गरेको छ।

पार्टीका केन्द्रीय तहका ३२ वटा विभागमा रहने सदस्यको प्रस्ताव र सिफारिस अविलम्ब पठाउन बैठकले निर्देश गरेको प्रचार विभाग उपप्रमुख थापाले बताए। 

बैठकले संगठनको काममा केन्द्रित हुन सबै कार्यकर्तालाई निर्देशन दिएको छ। बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले विपक्षी गठबन्धनको भ्रम बारेमा स्पष्ट पारेका थिए। उनले नेकपा एमालेविरुद्ध मोर्चाबन्दी गरिएको भन्दै पार्टीका नेता कार्यकर्तालाई सच्चिएर फर्किन आह्वान गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.