|

काठमाडौं : चित्रकारहरूले रत्नपार्कको आकाशे पुलको भित्तामा पुन: फ्रन्टलाइनरको चित्र कोर्न पाउनुपर्ने माग राख्दै विरोधस्वरूप धर्ना दिएका छन्। काठमाडौं महानगरपालिकाले चित्र मेटाएपछि राष्ट्रियसभा गृहमा आधा घण्टाभन्दा बढी विरोध स्वरूप उनीहरुले आइतबार धर्ना दिएका हुन्।

विरोध धर्नापछि  महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीलाई निवेदन पत्र बुझाएका थिए। उक्त चित्रमा पुन: कोभिड-१९ विरुद्ध खटिएका फ्रन्टलाइनरको चित्र कोर्न पाउनुपर्ने उनीहरुको माग छ।

दुजाङ शेर्पाको परिकल्पनामा कोभिडविरुद्ध खटिएका फ्रन्टलाइनरको चित्र केही साताअघि चित्रकार  साङ्गे थिङ लामा, सुमिना श्रेष्ठ, कृपा शेर्पालगायतले कोरेका थिए। त्यहाँ डाक्टर,नर्स, पत्रकार, प्रहरी, सशस्त्र प्रहरीलगायतको तस्विर थियो। महानगरपालिकाले उक्त भित्ते चित्र गत बुधबार मेटाएपछि यसको चौतर्फी विरोध भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.