|

परीक्षाको कापी जाँच्दा वा नम्बर जोड्दाको गल्तीले अनुत्तीर्ण भएको भनेर सम्बन्धित विद्यार्थीले आत्महत्या गरेको र पछि भूल सुधार भएका उदाहरण पटकपटक जानकारीमा आएका हुन्। स्थानको तलमाथि त सामान्य नै मानिन्छ र कति अवस्थामा वास्तै नभइरहेको हुन्छ।

तर त्यस्ता शिक्षक वा कर्मचारीलाई कहिल्यै कार्यवाही हुँदैन। भएपनि नाम मात्रको हुन्छ, आठ अङ्के विगो चार अङ्के धरौटी।

एउटा डाक्टरले गल्ती गर्‍यो भने एउटा मान्छेको ज्यान जान्छ वा अङ्गभङ्ग हुन्छ। औषधी दिँदा गल्ती गर्नाले आंशिक पाल्सी भएको एउटा नातेदार देख्दा त्यो नबिर्सिउञ्जेल कति बरेसम्म मन अशान्त भइरहन्छ।

मृत्युभन्दा त अङ्गभङ्ग र पाल्सी नै ज्यादा पीडादायी हुन्छ। यद्यपि धेरैजस्तो जसरी पनि बाँचेकै जाती ठानिन्छ। कहिलेकाहीँ डाक्टरहरु मुड्के सास्ती भेट्छन्। तर कुनको कति गल्ती भन्ने चैँ प्राय कहिल्यै स्थापित हुँदैन।

एउटा सवारी चालकको गल्ती वा लापरवाहीले पच्चीसौँ मान्छेको ज्यान जोखिममा पर्छ। कति मर्छन्, कति घाइते हुन्छन् भने कति बाँच्न पनि सक्छन्। हाम्रो देशमा त यही पनि साधारण मानिन्छ। त्यस्ता अगणित दुर्घटना र मृत्यु बन्द खातामा हराइरहन्छन्। एउटा पाइलटको गल्तीले अझ धेरै कहिले त सयौं मानिसको ज्यान जानसक्छ। 

यहाँ कुन राजा कुन नेता, आज गणतन्त्रको डेढदशक भइसकेको छ।  जति ठूलो कुरा गरे पनि यहाँ डाक्टर–नर्स, पत्रकार, शिक्षक, कर्मचारी कुटिन्छन्, बलात्कारी, हत्यारा, ठुला खाले तस्करहरु कहिल्यै पक्राउ पर्दैनन्। अझ नेताको त नाकको टुप्पो दुखेकैमा तथा नेतानेताको शक्ति परीक्षणमा समेत गाउँगाउँसम्म उनिहरुको दादागिरी चल्ने गर्छ।

तर एउटा नेताको गल्तीले सिङ्गै देश डुब्न वा समस्त देशवासीले दुख पाउन र देश वर्षौं पछि पर्नसक्छ। त्यही भएर हाम्रो देशमा अझै राजा आउ देश बचाउ भन्ने आवाज सुनिन्छ यदाकदा। तर राजा हुँदैमा सबै बुद्धिमान, दूरदर्शी र जिम्मेदार हुन्छन् भन्ने छैन।

हो, कुनै कुनै राजा बृहत परिप्रेक्ष्यका स्वप्नद्रष्टा, युगप्रवर्तक तथा इतिहास निर्माता हुनसक्छन्। कतिपय जथाभावी गिजोलेर देशलाई रछानमा परिणत गर्ने नै हुन्छन्। तब त आधुनिक नेपालको २५० वर्षे इतिहासमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहपछि हालसम्म राजा महेन्द्र मात्र उल्लेख्य मानिन्छन्।

यसमा पनि सादा कागजमा केही धर्का कोरे पनि ठूलै कलाकार मानिए झैं राजा महेन्द्रले देश विकासका केही काम अवश्य गरेका हुन्। तर जति गरे त्योभन्दा एक्लै हिँड्ने सय वर्ष अघिको उनको जङ्गबहादुरे जबर्जस्तीले बाटो भत्काइएको यो देशले आजसम्म न बाटो बनाउन सकेको छ न लिरिखुरी बनाएकोमा पनि सुरुसुरु हिँड्न सकेको छ।

जब कि जर्ज वासिङट्नले राजत्व अस्वीकार गरेर राष्ट्रपतित्वको जुन जग बसाएका थिए आज २३२ वर्षसम्म पनि डगमगाउने त टाढा विश्वको नाइके भएर अमेरिका झन्झन् दृढतापुर्वक चलिरहेको छ।

संवैधानिक राजतन्त्रमा बसेका बेलायत, पश्चिम युरोपका स्क्यान्डिनेभियन मुलुक, जापान आदि हाम्रो भन्दा सय गुणा कमसल प्राकृतिक र जन साधन भएपनि हामीलाई नै सिपाही र सेवक बनाएर हाम्रोभन्दा सय गुणा उच्चस्तरीय जीवन बिताइरहेका छन्। 

कतिपय मानिस राजालाई विष्णुको अवतार र देशको मालिक, स्वामी वा संप्रभु र देश उनकै पुर्खाको आर्जन पनि ठान्छन्। त्यसैले उनी संविधान र कानून माथिका ठानिन्छन्। उनका विरुद्ध अदालतमा उजूर लाग्दैन।

त्यसैले त हिजो नमिता–सुनिता वा अरुण गुरुङ इत्यादिको कुरो परालको आगो भएर सकियो।  त्यसैको सिको गर्ने हाम्रो जस्तो ‘बडाले जो गर्यो‍ काम हुन्छ त्यो सर्वसम्मत’ भइरहने देश भएको छ।

यहाँ कुन राजा कुन नेता, आज गणतन्त्रको डेढ दशक भइसकेको छ।  जति ठूलो कुरा गरे पनि यहाँ डाक्टर–नर्स, पत्रकार, शिक्षक, कर्मचारी कुटिन्छन्, बलात्कारी, हत्यारा, ठुला खाले तस्करहरु कहिल्यै पक्राउ पर्दैनन्। अझ नेताको त नाकको टुप्पो दुखेकैमा तथा नेता नेताको शक्ति परीक्षणमा समेत गाउँगाउँसम्म उनीहरुको दादागिरी चल्ने गर्छ।

राजामा जस्तो सोझो केन्द्रीय शक्ति नहुने बरु अर्को अर्को नेता हुँदै पचासौँ जनामा खेल्दा खेल्दै विषय नै हराउने हुँदा नेताभन्दा राजा भरोसिलो देखिए जस्तो लाग्ने मात्र हो। हुनपनि जङ्गबहादुर र महेन्द्रको कर्मठताको एकमात्र कारण यही सोझो केन्द्रीय तानाशाही शक्ति हो भन्ने कतिजनालाई बुझ्न गाह्रो हुनसक्छ। यसको एकमात्र कारण हो दण्डहीनताको बोलवाला।

यसबेला कथित कुन नेताले राष्ट्रपतिभन्दा राजा बेस हुने भनेको कुराले पनि मिडियामा अलिकति हल्ला सिर्जना गरेको पाइन्छ। यसको कारण भने भिजनको शून्यता र हाम्रो जस्तो दरिलो सँग थिग्रिसक्न नपाएको तरल जनमत हो।

यसलाई कहिले वर्गहीन कम्निष्ट राज्य, कहिले जातीय राज्य, कहिले संघीय राज्य आदिको पपुलिस्ट नारा दिएर खेपैपिच्छे देशलाई भौतिक तथा भावनात्मक दुवै किसिमले भद्रगोल राखेर शीर्षमा ढलिमली गरिरहने अवसरवादी दाउभन्दा केही होइन। यो सत्य सायद हामीले अझ बुझिसकेका छैनौँ। त्यसैले त यस्ता ढोँगीहरु नेताको खोलमा देशको एकता, द्रुतप्रगति र आत्मविश्वासमा निरन्तर आघात पारिरहन्छन् र हामी ताली बजाइरहनेछौँ।

वास्तवमा यस्ता कथित नेता हुनु र तिनीहरुले यसरी खुट्टा घुमाइरहन पाउनु भनेको दण्डहीनताको परिणाम हो।

सभ्य प्रजातान्त्रिक मुलुकमा कुनै नेताले अवलम्बन गरेको कुनै पनि सिद्धान्त र प्रक्रिया असफल भएमा त्यस्ता नेता पुच्छर लुकाएर हिँड्न बाध्य हुन्छन् भने दोषअनुसार कानुनी कारवाही पनि हुन्छ। कम्तीमा निर्वाचन मार्फत त दण्डित हुनै पर्दछ।

हाम्रो देशमा काँचो जोस वा लहडका भरमा जनता उचालेर बेफ्वाँकमा जन, धनको जति नै क्षति गराएपनि चलेकै छ।  देशको गतिलाई जति नै विचलित पारेर जति नै पछाडि धकेले पनि उसलाई सजाय हुदैन।

यतिमात्र होइन ठुलो नेता भएर  उसैले राज्य सुविधामा ‘आफ्नो हात जगन्नाथ’ गर्न पाएकाले नै जसलाई पनि जति बेला पनि जनतालाई भ्रममा पार्न कति पनि अप्ठ्यारो मान्दैन।

नेता भनेको त जनतालाई सुबाटो देखाउने, हिँड्नै सिकाउने र सधैँ हिँड्न बानी पार्ने हो नि। तर यहाँ त झोले कार्यकर्ता बनाएर सडकका रेलिङ भाँच्न चन्दा उठाउन मात्र नभएर अपहरण गर्न, तस्करी गर्न र मान्छे नै मार्न सिकाएर पनि नेता नै भइरहन्छ। 

हुनपनि पचासौँ वर्षदेखि नेतृत्वको शीर्षलगायत विभिन्न तहबाट कथित जनवादी क्रान्ति आदिका झुट्टा आस्वासन बाँडेर तथा जनता भड्काएर हिंसात्मक गतिविधि समेत गराएका उदाहरण ताजै छन्।

पहिले पूर्व हिँड् भन्ने अनि हजार हन्डर र हानिसहित सीमामा पुगेपछि ए होइन पश्चिम पो जानुपर्ने रहेछ भन्ने ? आज राजतन्त्र उखेल्नु भन्ने भोलि स्थापना भन्ने ? त्यसैले समय धेरै बितिसकेको छ। देशले धेरै दुख पाइसकेको छ। त्यसैले जनता आफैं जाग्ने बेला भैसकेको छ।

कोरामा बसेका क्रियापुत्री मराएको, कक्षामा पढाइरहेका शिक्षक मराएको, धनजनको ठुलो क्षति गराएको, बहुदलीयता भनेर त्यसकै राजनैतिक र दलीय नैतिकताको धज्जी उडाएको, सार्वजनिक रूपमै आर्थिक विचलनसहित जनताको करमा करोडौँको सुविधा डकारेको पनि देखिएकै छ।

हत्यारासम्मका अनेक अपराधसँग गाँसिएको तथा विदेशी चलखेल गरेर देशलाई संकटको भुमरीमा हालेको भनेर आफैं गीत गाएर हिँडेको पनि छर्लङ्ग छ। यसो भएपनि सडकमै डुक्री हिँड्न पाउने हिन्दू मुलुकको साँढे झैं नकच्चर्‍याइँपूर्वक भाषण गरी हिँड्ने नेतालाई न लाज हुन्छ न कारबाही !        

यद्यपि गल्ती सामान्यत तीन किसिमले हुने देखिएका छन् : अज्ञानताले, स्वाभाविक मानवीय कमजोरी जन्य भूलचुकले र लापरवाहीले। अर्को एउटा ठुलो गल्ती गर्नेगरेको पाइन्छ महत्वाकांक्षा अर्थात् बढी जानेको भ्रमले।

जुनै किसिमले भएपनि गल्ती गल्ती हो र त्यो अक्षम्य हो। त्यसबाट हुने नोक्सानी भैसकेको हुन्छ र त्यसबाट मर्ने मरिसकेको हुन्छ, दुख पाउनेले पाइसकेको हुन्छ। कति सुधार्दा, बिगो भर्दा हुन्छ कति हुँदै हुँदैन। त्यसकारण कानूनको राज भएका सभ्य देशमा यसका जिम्मेवार दण्डित हुन्छन् जसमा स्थितिअनुसार क्षतिपूर्ति लगायत जेलसम्मको सजाय हुन्छ। त्यस्ता गल्ती फेरि नदोहोरिउन् भनेर सकेसम्म प्रत्याभूत गराइन्छ। त्यसै कारण त्यस्ता देशमा यस्ता गल्ती कमै हुन्छन्।

 सबभन्दा आपत्तिजनक त के एउटा नेताले मनलागी बोल्न र गर्न मिल्छ ? तब त पाउल केटिङ भन्छन् ‘राजनितिक नेतृत्व राम्रो भनाउन गरिदैँन यो ठीक र सशक्त हुने बिषय हो।‘

पहिले पूर्व हिँड् भन्ने अनि हजार हन्डर र हानिसहित सीमामा पुगेपछि ए होइन पश्चिम पो जानुपर्ने रहेछ भन्ने ? आज राजतन्त्र उखेल्नु भन्ने भोलि स्थापना भन्ने ? त्यसैले समय धेरै बितिसकेको छ। देशले धेरै दुख पाइसकेको छ। त्यसैले जनता आफैं जाग्ने बेला भैसकेको छ।

कथित प्रजातन्त्रवादी र वामपन्थी सबैबाट सांसदलाई बन्धक राखेर, सांसद कोषका बहानामा अनेक वैधानिक कमिसन खुवाएर, अपराधी पालेर तथा न्यायालय, प्रहरी देखि प्रशासनसम्म गर्ने मनोमानी असह्य भइसकेको छ।

जनताले यी सब विसंगतिको हिसाब खोज्नैपर्छ र शुद्ध, स्वस्थ र दीगो मार्गको अवलम्बन गराउनैपर्छ।     

[email protected]

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.