|

खोटाङ : विद्युत् पहुँचबाट बञ्चित केपिलासगढी गाउँपालिकाका अति विपन्न ४४ घरपरिवारलाई सोलार सेट वितरण गरिएको छ। ‘उज्यालो गाउँपालिका’ कार्यक्रमअन्तर्गत गाउँपालिकाले मंगलबारसोलार वितरण गरिएको हो।

विद्युतको पहुँचबाट बञ्चित नागरिकलाई तत्काल सोलार वितरण गरिएको र आर्थिक अवस्था कमजोर भई बिजुली जडान गर्न नसकेका घर परिवारलाई आगामी आर्थिक वर्षमा बिजुली बत्ती जडान गरिदिने योजना रहेको गाउँपालिकाले जनाएको छ।

बैकल्पिक ऊर्जाको अनुदान र गाउँपालिकाले विनियोजनज गरेको तीन लाख रुपैयाँ बजेटबाट आएको ५० वाटाको सोलार सेट ४४ परिवारलाई वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत छविलाल राईले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.