|

काठमाडौं : सत्तारुढ एमालेमा पार्टीको आन्तरिक विवाद समाधान गर्न बनेको कार्यदलको बैठक आज पनि बस्दै छ। आज विहान साढे आठ बजे बस्ने भनिएको बैठक दुई घण्टा पछि सारेर साढे १० बजे बस्न लागेको एमाले नेता सुवास नेम्बाङले जानकारी दिए। 

एमालेको आन्तरिक विवाद समाधान उन्मुख भएको कार्यदल सदस्यहरुले दाबी छ। एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा हिजो बसेको बैठकमा सकारात्मक ढंगले नै सदस्यहरुले धारणा राखेको र थप छलफल गर्नका लागि आज पनि बैठक बस्न लागेको नेता नेम्वाङको भनाइ छ। 

खनाल–नेपाल समूहका कार्यदल सदस्य रघु पन्तले विवादित विषयहरुमा बुँदागत छलफल भएको र थप छलफलका लागि आज पनि बैठक बस्न लागेको बताए। 

एमाले केन्द्रीय कमिटीको १३ औँ बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव र सर्वोच्च अदालतमा रिट दायर गर्दा पार्टीका २३ निवर्तमान सांसदबाट गरिएको हस्ताक्षर फिर्ता आग्रह गरेको थियो। अहिले कार्यदलमा विशेष गरी त्यही विषयमा केन्द्रित रहेर छलफल भएको छ। 

कार्यदलमा ओलीका तर्फबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन्। खनाल–माधव नेपालका तर्फबाट भीम रावलको संयोजकत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघु पन्त सदस्य छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.