|

काठमाडौं : नेपाली कांग्रेसले रास्वपा सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने निर्णय गरेको छ। आज बिहान बसेको संसदीय दलको बैठकले कुनै पनि दललाई निषेध गर्न नसकिने भएकाले रास्वपा सभापतिको हैसियतमा लामिछानेलाई संसदमा सम्बोधन गर्न दिने निर्णय भएको सांसद रामहरि खतिवडाले जानकारी दिए।

सहकारीको रकम हिनामिनामा लामिछानेको नाम जोडिएपछि कांग्रेसले हिउँदे अधिवेसनमा उनलाई बोल्न पनि दिएको थियो। यस बिषयमा भने आज केही लचक भएको हो। यद्यपि लामिछानेमाथि संसदीय छानविनको माग भने यथावत् छ।

बोल्न दिए पनि लामिछानेमाथि छानविनका लागि समिति नबनेसम्म संसदका अरू कारबाही भने अघि बढ्न नदिने अडान कायमै राखेको छ।

गृमन्त्रीमाथि सहकारी ठगीका प्रमाण बलिया बन्दै गएकाले आफ्नो मागबाट पछि नहट्ने खतिवडाको भनाइ छ। संघीय संसदको बजेट अधिवेशन आज सुरु हुँदैछ। दुवै सदनको बैठक दिउँसो २ बजे बोलाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.