|

काठमाडौं : नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर उपाध्यक्ष भीम रावल फर्किएलगत्तै कार्यदलको बैठक सुरु भएको छ।  एमालेको विवाद समाधानका लागि आजको बैठकले महत्वपूर्ण लिनसक्ने कार्यदल सदस्य सुरेन्द्र पाण्डेले बताए। 
 

बिहान अध्यक्ष केपी शर्मा ओली पक्षका नेता विष्णु पौडेललाई भेटेपछि नेता रावल नेपाल निवास कोटेश्वर पुगेका थिए। ओली र नेपालबीच हिजो बेलुकी होटल मेरियटमा २ घण्टा छलफल भएको थियो। हिजो बेलुकी सुरुमा दुवै तर्फका दुई दुई जना कार्यदल सदस्यहरुसहित छलफल भएपछि दुई शीर्ष नेताबीच एक्ला एक्लै छलफल भएको थियो। 

अध्यक्ष ओलीले नेपालसँगको वार्तापछि केहीबेर कार्यदलका सदस्यहरुसँग पनि छलफल गरेका थिए।  छलफलबाट बाहिरिने क्रममा नेपाल पक्षीय कार्यदल संयोजक भीम रावल र सदस्य सुरेन्द्र पाण्डेले पार्टीभित्रको आन्तरिक विवाद सहमति नजिक पुगेको बताएका थिए।​

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.