|

काठमाडौं : नेकपा एमालेको विवाद समाधानको लागि गठित कार्यदलको बैठक बस्नुअघि नेताद्वय विष्णुप्रसाद पौडेल र भीम रावलबीच छलफल भएको छ। 

पार्टीभित्रको विवाद समाधानको बिन्दु पहिल्याउनका सिंहदरबारस्थित अर्थ मन्त्रालयमा  पौडेल र रावलबीच भेटवार्ता भएको हो। 

एमालेको विवाद समाधानका लागि दोस्रो तहको नेताहरू सक्रिय भएर लागेका छन्। विवाद समाधानका लागि हिजो अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो। 

कार्यदलका नेताहरुले सहमति बन्ने दाबी गरेको भए पनि दुई नेताबीचको भेटवार्ता निष्कर्षविहीन बन्न पुगेको थियो। विवादलाई निकास दिनका लागि कार्यदलको बैठक आज पनि बस्दैछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.