|

काठमाडौं : माओवादी केन्द्रको आधिकारिकता माग गर्दै भबिसोर पराजुलीले निर्वाचन आयोगमा निवेदन दिएका छन्। आफू नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई नै राजनीतिक दलको मान्यता दिन माग गर्दै पराजुलीले शुक्रबार आयोगमा निवेदन दिएका हुन्। 

पार्टी एकताको प्रमुख घटकको सहमतिबिना नै पार्टी नीति, विधान, विधिविपरित तत्कालिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी परित्याग गरी नेकपा(एमाले) मा प्रवेश गरेकाले आधिकारिक रुपमा माओवादी केन्द्र आफ्नो नेतृत्वको रहेको पराजुलीले निवेदनमा उल्लेख गरेका छन्।

‘हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले कारबाहीसमेत गरी २०७५ जेठ ३ गते एमाले पार्टीमा प्रवेश गरेका प्रचण्ड तथा बादललगायतलाई पार्टीबाट निष्काशन गरिएको हो। हामीले हाल नेतृत्व गरि विकास गरिरहेको पार्टी नै वैधानिक रुपमा नेपाल कम्युनिष्ट पार्टी (मा‌‌ओवादी केन्द्र) हो’ निवेदनमा भनिएको छ,‘यसमा कुनै विवाद र शंका नै छैन।’

एमाले पार्टीमा गएका प्रचण्ड बादललगायतका नेताहरूलाई माओवादी केन्द्रको नेता र नेतृत्व किमार्थ हुन नसक्ने भन्दै पराजुलीले कानुनी रुपमा फेरि पनि माओवादी केन्द्र प्रचण्डले दाबी र बादलले खारेजीको दाबी गर्न खोज्नु स्वत: गैरकानुनी कुरा भएको उल्लेख गरेका छन्।

‘सरकारमा पुगेर मन्त्रीको संख्यामा कुरा नमिलेर पुनः फुटेको एउटा गुट र झुण्डले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को मान्यता पाउने कुरा गैरकानुनी ठहर छ नै’ निवेदनमा भनिएको छ,‘माओवादी केन्द्रको आधिकारिक नेतृत्वको मातृका यादव, प्रचण्ड र बादलहरू पार्टी परित्याग गरेको हुनाले विधिवत रुपमा एकताका मुख्य घटक र सोही पार्टीलाई निरन्तरता दिँदै आएकोले माओवादी केन्द्र हाम्रो हो।’

लामाे समयदेखि महाधिवेशन नभएकाे भन्दै एमालेमा लागेका पूर्व माओवादीहरूले माओवादी केन्द्र खारेजीकाे माग गर्दै निर्वाचन आयाेगमा निवेदन दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.