|

सल्यान : कपुरकोट गाउँपालिकालले सुनौलो हजार दिनका आमालाई करिब १७ लाख रुपैयाँ र पोषण प्याकेज वितरण गरेको छ। 

गाउँपालिकाका एक हजार ३९८ गर्भवती तथा दुई वर्षमुनिका बच्चाका आमालाई पोषिलो खानेकुरासहित पौने १७ लाख रुपैयाँभन्दा बढी रकम वितरण गरेको हो। सुनौलो हजार दिनका आमालाई पोषिलो खानेकुरा किनेर खानका लागि १६ लाख ७७ हजार ६०० रुपैयाँ वितरण गरिएको गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काले जानकारी दिए।

बच्चाको ८० प्रतिशत वृद्धि विकास गर्भावस्थादेखि दुई वर्षको बिचमा हुने भएकाले सुनौलो हजार दिनका आमाहरुका लागि सन्तुलित र पौष्टिक तत्वयुक्त खानपिनका लागि रकम वितरण गरिएको उनको भनाइ छ। गाउँपालिकाका ६ वटै वडामा रहेका महिलालाई अण्डा र माछामासु खानका लागि जनही एक हजार र गेडागुडी खानका लागि जनही २०० रुपैयाँ वितरण गरिएको खड्काले बताए।

पोषणको अभावमा कुपोषण हुन सक्ने भन्दै गाउँपालिकाले आफ्नो गाउँपालिकाभित्रका सबै सुनौलो हजार दिनका आमाहरुलाई पोषण प्याकेज उपलब्ध गराएको गाउँपालिका अध्यक्ष भीमबहादुर सेनले बताए। सुनौलो हजार दिनमा आमा र बच्चाको स्वास्थ्यमा टेवा पु¥याउने गरी योजना निमार्ण गरेर गाउँपालिकाले विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आइरहेको उनको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.