|

काठमाडौं : अस्ट्रेलियन  एसलिघ बार्टीले विम्बल्डन टेनिस अन्तर्गत महिलातर्फको उपाधि जितेकी छन्। 

गएराति सम्पन्न फाइनल खेलमा चेक गणतन्त्रकी कोरोलिना प्लिस्कोभाको चुनौतीलाई पार गर्दै पहिलोपटक विम्बल्डनको उपाधि उचालेकी हुन्। २५ वर्षीय बार्टीले उपाधि हात पार्ने क्रममा प्लिस्कोभालाई ६–३, ६–७ (४–७) र ६–३ को सेटमा पराजित गरिन्।

सेमिफाइनलमा एन्जिलिक केर्बरलाई हराउँदै पहिलोपटक विम्बल्डनको फाइनलमा प्रवेश गरेकी बर्टीले पहिलो प्रयासमै उपाधि हात पार्न सफल भइन्।

प्लिस्कोभाले साबलेन्कालाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेकी हुन्। बार्टीको यो दोस्रो ग्रान्डस्लाम उपाधि हो। यसअघि उनले फ्रेन्च ओपन टेनिसको उपाधि हात पारेकी थिइन्। 

पुरुषतर्फको उपाधिका लागि आज राति नोभाक जोकोभिच र माटियो बेरेटिनी प्रतिस्पर्धा हुनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.