साफ फुटबल नेपालमा हुने प्रधानमन्त्रीको भनाइ

|

काठमाडौं :  सरकारले थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको उपाधि जितेको नेपाली टोलीलाई पुरस्कृत गरेको छ। सरकारले आज एक कार्यक्रमबीच उपाधि विजेता नेपाली टोलीलाई जनही ४ लाख नगदसहित पुरस्कृत गरेको हो। सरकारले यस अघि नै घोषणा गरेको पुरस्कार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली टोलीलाई पुरस्कृत गरेका हुन्।

यसअघि थ्री नेसन्सको उपाधि जितेपछि बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही ४-४ लाख दिने निर्णय गरेको थियो। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सिफारिसमा सरकारले उपाधि विजेता खेलाडीलाई जनही ४ लाख दिने निर्णय गरेको हो।

गत चैतमा बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले उपाधि जितेको थियो। यसै बिच उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) नेपालमा आयोजना हुने बताए।

प्रधानमन्त्री ओलीले अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय खेलकुद परिषद (राखेप) लाई साफ आयोजनाको तयारी अघि बढाउन समेत निर्देशन दिए। आयोजक राष्ट्र बंगलादेशले प्रतियोगिताबाट हात झिकेपछि नेपालमा साफ आयोजना गर्न एन्फाले दाबी पेश गरेको छ। बंगलादेशले कोरोनाको असर, मुख्य प्रायोजकको खडेरी र बंगबन्धु रंगशालाको पुनर्निमाण यसै वर्ष गर्नुपर्ने भएकाले प्रतियोगिता आयोजना गर्न नसक्ने बताइसकेको छ।

तस्वीर : रासस

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.