|

काठमाडाैं : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायु सेवा निगमलाई निजीकरण गर्ने मन्त्रालयको कुनै योजना नरहेको स्पष्ट पारेको छ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै निगमलाई निजीकरण वा निजी कम्पनीमा रुपान्तरण गर्ने हालसम्म कुनै योजना नभएको बताएको हो।

निगमको रणनीतिक सुधारका लागि भइरहेका कार्यलाई भ्रमपूर्ण सूचना सम्प्रेषण भइरहेको प्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आजै पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले निगमलाई निजी कम्पनीलाई बिक्री गर्न लागेको भन्दै कडा आलोचनासहित विज्ञप्ती जारी गरेका थिए। 

यसअघि निगमले अर्थमन्त्रालयले माग गरेअनुरूप कम्पनीमा रुपान्तरण गर्न प्रबन्ध-प्रत्र तथा नियमावलीको मस्यौदा तयार पारी पर्यटन मन्त्रालयमा बुझाएको थियो। यो मस्यौदा बुझाएसँगै निगमका कर्मचारीले विरोध गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.