|

काठमाडौं : राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा आइतबार राजधानीमा प्रदर्शन गरेको छ।

नयाँ बानेश्वरबाट सुरु भएको प्रदर्शन माइतीघर पुगेर समापन भएको थियो। आएका युवा संघका कार्यकर्ताहरूले ओलीको समर्थनमा नारा जुलुससहित नाचगान गरेका थिए।

उनीहरुले ‘जहाँ ओली त्यहाँ एमाले, जहा ओली त्यहाँ सूर्य, आई लव यू केपी बा जस्ता नारा लगाएका थिए। प्रदर्शनमा विपक्षी गठबन्धनविरुद्व चर्को नाराबाजीसमेत गरिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.