|

हेटौंडा : बागमती प्रदेशमा विपक्षीको अनुपस्थितिमा नै आगामी आर्थिक वर्षको बजेट पारित गर्ने प्रक्रिया सुरु भएको छ।

प्रदेशसभामा प्रमुख प्रतिपक्षी र विपक्षीहरु अनुपस्थित भएको मौकामा प्रदेश सरकारले बजेट पारित गर्ने प्रक्रिया अघि बढाएको हो। बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले विनियोजक विधेयक २०७८ प्रस्तुत गरेका थिए।

उक्त विधेयकमाथि छलफलका क्रममा उठेका प्रश्नको मुख्यमन्त्री डोरमणि पौडेलले जवाफ दिने क्रममा प्रदेशसभा हलमा विद्युत कटौति भएको थियो। लामो समयसम्म विद्युत आपुर्ति बन्द भएपछि विपक्षीहरु सभाहलबाट बाहिरिएका थिए।

पुनः विद्युत सुचारु भएपछि प्रदेशसभा बैठकले विनियोजक विधेयक पारित गरेको छ। विधेयक पारित गर्ने क्रममा प्रमुख प्रतिपक्षी दल र विपक्षी दलका सांसदहरु उपस्थित थिएनन्।

प्राविधिक कठिनाई भएपछि आइतबार दिनभर चलेको बैठक स्थगन गर्न विपक्षीहरुले आग्रह गरेका थिए। तर सभामुख सानुकुमार श्रेष्ठले उक्त आग्रह अस्विकार गरी सदन जारी राखे। विपक्षी नेपाली कांग्रेसका सांसद ईन्द्रबहादुर बानियाँले प्रतिपक्षी र प्रमुख प्रतिपक्षी बिना नै विनियोजन विधेयक पारित गरिएको भन्दै आपत्ति जनाए।

‘हामीले केही लचकता देखाएर सहमति गरेर संसद चल्न दिएका थियौं’ उनले भने,‘अहिले आएर सरकारले अध्यारोमा संसद चलाएर जबरजस्ती विधेयक पारित गर्यो। अलोकतान्त्रिक व्यवहार सरकारबाट भयो।’

बानियाँले विपक्षी दलहरुको सुझावको उपेक्षा गरेर एकलौटी ढंगबाट विधेयक पास भएको भन्दै यो दिन इतिहासकै कालो दिन हुने टिप्पणी गरे। विपक्षी बेञ्चमा नेपाल मजदुर किसान पार्टीका सांसदद्वय सुरेन्द्रराज गोसाई र सिर्जना सैंजु मात्रै उपस्थिति थिए। अर्को बैठक सोमबार विहान ८ बजे सभामुख श्रेष्ठले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.