|

काठमाडाैं : लामो प्रयासपछि सत्तारूढ नेकपा एमालेमा एकता भएको छ। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच १० बुँदे सहमति भएको हो। 

दुवै पक्षका नेताहरूको कार्यदल सम्मिलित बैठकले आइतबार साँझ अबेर सहमति जुटाएको एक नेताले जानकारी दिए। आज बिहान ९ बजेदेखि बसेको कार्यदलको बैठकले १२ घण्टापछि सहमति जुटाएको हो।

एकता सहमतिको पहिलो बुँदामा 'पार्टीमा देखिएका अन्तरविरोध पार्टीभित्रै विधिसम्मत ढंगले टुंगोमा पुर्‍याउन सहमत हुनेछाैं' उल्लेख छ। त्यस्तै २०७५ जेठ ३ गतेको केन्द्रीय कमिटीमा सदस्यहरू मनोनयन गर्ने निर्णयसहित संगठनात्मक अवस्थाबाट क्रियाशील हुनेछन् भनिएको छ। 

यसैगरी बुँदा नम्बर ३ मा सर्वोच्च अदालतबाछ एमाले ब्युँतिएपछि एकतासँग मेल नखाने कुनै पनि तर्फका राजनीतिक संगठनात्मक काम कारबाही मान्य नहुने उल्लेख छ।  

यस्तै सर्वोच्चमा विचाराधीन मुद्दालाई असर गर्ने गरी कुनै पनि क्रियाकलाप वा अभिव्यक्ति नदिने प्रस्ताव पनि १० बुँदे सहमतिमा गरिएको छ । यो सहमतिको प्रस्तावलाई दुवै शीर्ष नेताहरूलाई दिएर भोलिको स्थायी समितिको बैठकमा पेस गर्ने बताइएको छ।

यस्तो थियो एकताका लागि गरिएको १० बुँदे सहमतिको प्रस्ताव

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.