|

भर्जिन ग्यालेक्टिक का रिचर्ड ब्रेनसन अन्तरिक्ष यात्रा पूरा गरेर पृथ्वीमा फर्किएका छन्। 

ब्रेनसन आफ्नै स्पेशप्लेन 'भर्जिन बीएसएस यूनिटी'बाट अन्तरिक्षमा गएका थिए।

पृथ्वीको सतहबाट उडेको करिब सवा घण्टामा यात्रा पूरा गरी उनी फर्किएका बीबीसीमा उल्लेख छ। उनले आइतबार न्यू मेक्सिकोको दक्षिणतर्फ रहेको मरुभूमिबाट अन्तरिक्षतर्फ उडान भरेका थिए।

नेपाली समयअनुसार यात्रा गएराति सवा आठ बजे शुरु भएको थियो र करिब साढे नौ बजे उनी पृथ्वीमा फर्किएका हुन्। 

यो यात्रामा स्पेशप्लेन चालक दलका सदस्यहरू सबै ब्रेनसनकै कम्पनीका कर्मचारीहरू थिए। अन्तरिक्ष यात्रामा निस्कनुअघि ब्रेनसनले आफू केही नर्भस रहेको बताएका थिए। 

ब्रेनसनले आगामी वर्ष अन्तरिक्ष पर्यटन अनुमति दिनुअघि मानिसहरूले यात्रा अनुभव बुझ्न चाहेको उल्लेख गरेका छन्। उनले केही दिनयता यो उडान घोषणा गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.