|

भक्तपुर : नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले संसद पुनःस्थापनासँगै सांसद खरिद बिक्रीको जोखिम बढेको बताएका छन्।

भक्तपुर नगरपालिकाद्वारा प्रकाशित स्थानीय पाठ्यक्रम सन्दर्भ सामाग्री ‘ख्वपको पहिचान भाग २’ पुस्तकको सोमबार अनलाइनमार्फत विमोचन गर्दै सांसद सुवालले संसद पुनःस्थापनासँगै देशको राजनीतिमा अन्योल यथावत् रहेको बताएका हुन्।

नयाँ बन्ने सरकारले देश र जनताको हितमा बजेट पेस गर्ने सम्भावना नरहेको सुवालले बताए। 

उनले देशको सन्तुलित विकास योजना लागु गर्न र बसाइँसराइँलाई निरुत्साहित गर्न पटक पटक सरकारको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको बताए। 

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले काठमाडौं, भक्तपुर र ललितपुर आफैंमा एउटा स्मार्ट सिटीको रुपमा रहेको बताए। उपत्यकामा आधुनिक सहर बनाउने र विकासको सम्पदा विनास गर्ने कार्य भएको उनको भनाइ थियो।

काठमाडौं उपत्यकालाई सांस्कृतिक केन्द्रको रुपमा विकास गर्नु उपयुक्त हुनेमा पनि उनले जोड दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.