|

काठमाडौं : काठमाडौंमा साउन ४ देखि ६ सम्म कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाइने भएको छ। भेरोसेल खोप भने आजदेखि साउन २ सम्म लगाइने छ। दुवै खोपका लागि खोप केन्द्रहरु भने एउटै हुने जनाइएको छ ।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले स्वास्थ्य मन्त्रालयले निर्णय गरेको प्राथमिकता क्रमअनुसार खोप दिइने बताए । मन्त्रालयले आजदेखि ५५ वर्षमाथिका सबै नागरिक, शिक्षक, प्राध्यापक, कर्मचारी, चालक‚ सहचालक, पहिले लगाउन छुट भएका अत्यावश्यक सेवाका व्यक्ति र खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरुलाई भेरोसेल दिन सुरु गरिएको जनाएको छ।

यस्तै‚ जोन्सन एण्ड जोन्सन खोप ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, पूर्ण र अति अशक्त अपांगता भएका, शरणार्थी, यसअघिको खोपमा छुटेका स्वास्थ्यकर्मी‚ सरसफाइकर्मीहरुलाई दिइने बताइएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.