|

काठमाडौं : प्रहरीले ललितपुरको गोदावरी नगरपालिका–१४ स्थित ठैवबाट संरक्षित वन्यजन्तु कस्तूरीको बिनासहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका घर भएका लालबहादुर घलान र झापा गौरिगञ्जका उदयकुमार कोइराला छन्।

उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सोमबार पक्राउ गरेको हो। पक्राउ परेकाहरुलाई थप अनुसन्धान र कारबाहीका लागि डिभिजन वन कार्यालय गोदावरीमा बुझाइएको ब्यूरोले जनाएको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार संरक्षित बन्यजन्तुको आखेटोपहार बेचविखन गर्नेलाई पाँच देखि १० वर्ष कैद र १५ वर्षसम्म कैद सजाय हुने ब्यवस्था छ । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.