|

काठमाडौं :  बाँकेको नेपालगञ्जमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। मृतक दुवै बर्दियाका हुन्। 

मृत्यु हुनेमा बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ का ६३ वर्षीया महिला र  राजापुर नगरपालिका वडा नम्बर १० का ६५ वर्षीय पुरुष रहेको बाँके जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन तेज ओलीले जनाकारी दिए। दुवै जनाको भेरी अस्पतालमा मृत्यु भएको ओलीको भनाइ छ। 

बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आएका ३ सय ७० जनाको मृत्यु भएको छ भने बाँके जिल्लाका ३ सय ११ जनाको अहिलेसम्म कोरोनाबाट मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.