|

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभाको मध्यावधि निर्वाचनसम्बन्धी सबै कार्यक्रमहरू रद्द गरेको छ। सर्वोच्च अदालतको फैसलाले प्रतिनिधिसभा पुन:स्थापना भएसँगै निर्वाचन कार्यतालिका रद्द गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ , ‘सर्वोच्च अदालतबाट असार २८ मा भएको आदेशबमोजिम कात्तिक २६ गते शुक्रबारका दिन पहिलो चरणमा र मंसिर ३ गते शुक्रबारका दिन दोस्रो चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ को लागि आयोगबाट असार २१ मा स्वीकृत भएको निर्वाचन कार्यतालिका रद्द गर्ने निर्णय भएको छ।'

आयोगले यसअघि पनि तत्कालीन केपी ओली सरकारले प्रतिनिधिसभा भंग गर्दै वैशाखमा तोकिएको निर्वाचनको कार्यतालिका पनि अदालतको संसद् पुन:स्थापनाको आदेशपछि रद्द भएको थियो। अब संसद पूरा कार्यकाल चल्‍ने र त्यसपछि कानुनअनुसार प्रतिनिधिसभाको निर्वाचन हुने विश्वास गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.