|

झापा : झापाको गौराहदमा श्रीमानको कुटपिटबाट एक महिलाकाे मृत्यु भएको छ। कुटपिटबाट मृत्यु हुनेमा मोरङ रङ्गेली नगरापालिका– ९ बेलगाछी घर भई झापा गौरादह नगरपालिका– १ गेयुरिया  बस्ने ४० वर्षीया सङ्गीता टुडु छिन्।

जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले सङ्गीताको शव गौरादह– १ स्थित उधिम कृषि सहकारीले खेतमा बनाएको टहरामा बिहीबार बिहान फेला परेको जानकारी दिए।

प्रहरीका अनुसार ३९ वर्षीय उत्तिम ऋषिदेव र सङ्गीताबीच घरायसी विवाद भएकाे खुलेकाे छ। कुटपिटका क्रममा उनकाे साेही टहरामा मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेकाे डिएसपी थापाले बताए। घटनामा संलग्न उत्तिम फरार रहेकोले खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.