|

काठमाडौं : संघीय संसद् प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुको कोरोना परीक्षण गरिएको छ। सांसद, संसदका कर्मचारी तथा सचिवालयका कर्मचारी, संसदीय मामिलाका पत्रकारलगायतको एन्टीजेन विधिबाट कोरोना परीक्षण गरिएको हो।

शुक्रबार बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म कोरोना परीक्षण हुनेछ। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, स्काई लाइट हल नयाँ बानेश्वरमा कोरोना परीक्षण भइरहेको हो।

त्यसक्रममा सभामुख अग्निप्रसाद सापकोटाले साउन ३ गते अपरान्ह ४ बजे सुरु हुने संसद बैठकको तयारी, यसका लागि अपनाइएको स्वास्थ्य मापदण्डका सम्बन्धमा संसद भवनका सभाकक्षलगायतको स्थलगत अवलोकनसमेत गरेका छन्।

सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले साउन तीन गते अपरान्ह ४ बजे संघीय संसद्‍का दुवै अधिवेशन आह्‍वान गरेकी छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.