|

संखुवासभा : सिलिचोङ गाउँपालिका गाउँपालिका–१ बेसिन्दाका पहिरोपीडित ९७ परिवार एक वर्षदेखि बस्दै आएका छन्। गत वर्ष असार २८ गते राति गएको पहिरोका कारण उनीहरु विस्थापित भएका छन्। पहिरोले नौ घर बगाउँदा ११ जना बेपत्ता भएका थिए।

सरोकारवाला निकायले चासो नदेखाउँदा एक वर्षदेखि टेन्टमा बस्न बाध्य हुनु परेको पीडितहरुको गुनासो छ। उनीहर हिउँदमा घरमै आएर बसेका थिए। तर, वर्षा सुरु भएपछि पहिरोले बगाउने डरले पुनः टेन्टमा नै फर्किएको स्थानीय हिरालाल राईले बताए। 

गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले पीडित ९७ परिवारमध्ये ५५ परिवारलाई खाँदबारी नगरपालिकामा पुनस्र्थापना गर्न लागिएको बताउँछन्। त्यस्तै २५ परिवारलाई सिलिचोङ–१ चित्रे, १२ परिवारलाई बखल्टुमटार र पाँच परिवारलाई सोही क्षेत्र आसपास पुनर्स्थापना गर्ने तयारी भइरेहको अध्यक्ष राईले बताए। पुनस्र्थापना लागि राख्न चित्रे र बखलटुङमा जग्गा  खरिद गरेरर राख्ने प्रक्रिया सुरु गरेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.