|

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका ३ बगाहामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। 

वर्षासँगै परेको चट्याङले बगहाका स्थानीय ३९ वर्षीय ललिता सदा र ठाडी बस्ने ३० वर्षीय फूलकुमारी सदाको मत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेदप्रसाद गौतमले बताए।

उनका अनुसार घर नजिकै खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर  दुबै जना घाइते भएका थिए। घाइते भएपछि उपचारका क्रममा जिल्ला अस्पताल  गाईघाटमा मृत्यु भएको हो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.