|

काठमाडौं : राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारले कोरोनाको रोपाइँ गरेको आरोप लगाएका छन्।

राष्ट्रियसभा बैठकमा बोल्दै उनले सडक प्रदर्शन र जुलुसबाट कोरोना फैलाउन खोजेको भन्दै उनले रोपाइँको टिप्पणी गरेका हुन्। विपक्षी नेकपा एमालेले कोरोना फैलाउन लागेको आरोप लगाएका छन् ।

‘अहिले पनि बाँदरे जुलुस, विभिन्न जुलुस गर्दै कोरोनाको रोपाइँ गर्दैछ, उसलाई मज्जा छ,’ उनले भने 'कहिले रत्नपार्कमा, कहिले माइतीघरमा, कहिले बालुवाटारदेखि बालकोटसम्म र्‍याली गर्‍या छ, कोरोनाको रोपाइँ यसरी अगाडि बढिरहेको छ।’

उनले ओली सरकार पद आश्वासन र पैसाले चलेको टिप्पणी पनि गरे । वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकार परमादेशबाट नभइ जनादेशबाटै बनेको उनको तर्क थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.