|

काठमाडौं :  चीनबाट आज थप ८ लाख डोज कोरोना विरुद्धको भेरोसेल खोप आइपुगेको छ। खोप लिएर नेपाल वायुसेवा निगमकाे विमान दिउसो २ बजे त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलमा अवतरण गरेको हो।

स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था शाखाका बडेवाबु थापाका अनुसार हाल खोपलाई विमानस्थलमा रहेको भण्डार कक्षमा स्टोर गर्न लागिएको छ। उनले भने ' खोप आइपुगेको छ, हामीले यही भण्डार गर्न लागेका छौँ, यहीबाट वितरण हुन्छ।'

निगमकाे विमानले आगामी आइतबारसम्म तीनवटा उडान गरी कम्तिमा २४ लाख डोज खोप काठमाडौं ल्याउने योजना बनाएको छ। सरकारले गत महिना चिनिया कम्पनी सिनोफार्मसँग ४० लाख डोज भेरोसेल खरिद गरेको थियो।

सोही खोपको दोस्रो खेप आज आएको हो। यसअघि पहिलो खेप गत २५ असार २५ गते ८ लाख डोज ल्याइएको थियो। सरकारले पछिल्लो समय कोरोना विरुद्धको खोप अभियान चलाएको छ। 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.