|

काठमाडौं : टोकियो ओलम्पिकको पुरुष फुटबलको पहिलो दिन ठूला टिम पराजित भएका छन्। 

बिहीबार भएका खेलमा जर्मनी, फ्रान्स र अर्जेन्टिना पराजित भएका छन्। योकोहामामा भएको समुह चरणको पहिलो खेलमा ब्राजिलले साबिकको उपविजेता जर्मनीलाई ४–२ गोलले हरायो। यहि समूहको अर्को खेलमा आईभरी कोष्टले साउदी अरेबियालाई २–१ ले हराएको छ। त्यस्तै समूह एको पहिलो खेलमा मेक्सिकोले विश्व विजेता फ्रान्सको युवा टोलीलाई ४–१ ले हराएको छ। 

यहि समूहको दोस्रो खेलमा घरेलु टोली जापानले दक्षिण अफ्रिकालाई १–० ले हरायो। समूह सीको पहिलो खेलमा इजिप्ट र स्पेनले गोल रहित बराबरी खेले। यहि समूहको अर्को खेलमा अष्ट्रेलियाले अर्जेन्टिनालाई २–० ले स्तब्ध बनायो। समूह बी मा न्युजिल्याण्डले दक्षिण कोरियालाई र रोमानियाले होन्डुरसलाई समान १–० ले हराएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.