|

काठमाडौं : काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ। शुक्रबार बिहान ७ बजेर ५ मिनेटमा भक्तपुरको सल्लाघारीलाई केन्द्रविन्दु बनाएर ३ दशमलब ५ म्याग्नीच्युडको भूकम्पको गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख वैज्ञानिक लोकविजय अधिकारीले जानकारी दिए।

भूकम्पको धक्का भक्तपुर, ललितपुर तथा काठमाडौंमा महसुस गरिएको थियो। यो भूकम्प पनि २०७८ सालको गोरखा महाभूकम्पको परकम्प रहेको केन्द्रले जनाएको छ। भूकम्पबाट कुनै क्षति भएको विवरण भने प्राप्त भएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.