|

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले सत्तापक्षले आफ्नो पार्टीमा मात्रै अनुशासन खोजेको टिप्पणी गरेका छन्। 

शेरबहादुर देउवा प्रधानमन्त्रीमा दाबी गर्न जाँदा कांग्रेस र माओवादी केन्द्रले दलको पत्र पेश गरेको तर आफ्ना सांसदलाई स्वतन्त्र सांसदका रुपमा लगिएको भन्दै आलोचना गरे। 

‘बहुदलीय व्यवस्थामा तपाईँहरुले एकदमै ठिक गर्नुभयो’, नेम्वाङले प्रश्न गरे, ‘तर आफ्नो दलमा मात्रै अनुशासन खोज्ने अर्काकोमा नचाहिने ! आफ्नोमा पार्टीले निर्णय गर्नुपर्ने, अर्काकोमा नपर्ने भन्ने मान्यता स्थापित गर्न खोज्नुभएको हो त ?’

उनले प्रधानमन्त्री देउवाले विश्वासको मत लिने क्रममा कांग्रेस र माओवादी केन्द्रले ह्वीप जारी गरेकोप्रति पनि टिप्पणी गरे । 

‘प्रधानमन्त्रीज्यूले विश्वासको मत दिनका लागि आफ्ना दलका सांसदलाई ह्वीप लगाउनुभयो। माओवादी केन्द्रले पनि ह्वीप लगायो।' नेम्वाङले थपे, तपाईंहरुले ठीक गर्नुभयो, तर आफ्नो भित्र ह्वीप लाग्ने अरुको भित्र नलाग्ने हो ? के हो तपाईंहरुको कल्चर ?'

उनले सर्वोच्च अदालतको फैसलाले राज्यका तीन अंगबीचको शक्ति सन्तुलनलाई खल्बलाएको समेत टिप्पणी गरे ।

आफूहरु जिम्मेबार प्रतिपक्षको भूमिकामा रहेर सरकारलाई सहयोग गर्नेसमेत नेम्वाङले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.