|

जनकपुरधाम : राष्ट्रिय एकता अभियानले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको पुत्ला दहन गरेको छ।

प्रदेश २ सरकारले मदरसा शिक्षा विधेयक ल्याएर प्रदेशलाई तालिबान बनाउन लागेको आरोप लगाउँदै अभियानले मुख्यमन्त्री राउतको आज जनपुरधामस्थित जनक चोकमा पुत्ला दहन गरेको हो।

अभियानले विधेयक फिर्ताको माग गर्दै प्रदर्शनसहित मुख्यमन्त्री राउतको पुत्ला दहन गरेका हो। पुत्ला दहनको क्रममा प्रहरीसँग झडप समेत भएको थियो।

अभियानका अध्यक्ष विनय यादवले उक्त विधेयकले प्रदेश तालिबान बन्न सक्ने खतरा रहेकाले विरोध गरिएको बताए।

मुख्यमन्त्री कार्यालय अगाडिबाट निकालिएको बिरोध जुलुस जनक चोकमा पुगेर कोणसभा गर्दै सम्पन्न भएको थियो। जुलुसका क्रममा उनीहरुले मुख्यमन्त्रीको राजीनामा समेत माग गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.