|

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय कार्यकारिणी समितिलाई पूर्णता दिने भएको छ।

महन्थ ठाकुर पक्षमा उभिएका १६ जनाको स्थानमा नयाँ सदस्य चयन गर्न लागिएको केन्द्रीय कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राईले बताए। त्यसका लागि पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठक बुधबार दिउँसो १ बजे पार्टी कार्यालय ललितपुरस्थित बालकुमारीमा बस्ने नेता राईले बताए।

५१ सदस्यीय कार्यकारिणी सदस्यमध्ये निर्वाचन आयोगले आधिकरिता विवाद टुंगो लगाउँदा ३४ जना उपेन्द्र यादव र १६ जना ठाकुर पक्षमा उभिएका थिए। बुधबारको बैठकले कार्यकारिणी समितिलाई पदाधिकारी तोक्ने निर्णय पनि गर्ने राईले बताए।

त्यसैगरी सरकारमा सहभागी हुने नेताहरुको विषयमा पनि बैठकमा छलफल गर्ने तयारी छ। नेता राईले एक दुई दिनभित्रै आफूहरु सरकारमा गइसक्ने बताए। यसअघि मंगलबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संसदीय दलको विधान पारित गर्नुका साथै लुम्बिनी प्रदेशका तीन सांसदलाई निष्कासन गर्ने निर्णय गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.