|

काठमाडौं : नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल समूह अनेरास्ववियुको अखिल फोर्स गठनको पूर्वतयारी बैठक सकिएको छ।

नयाँबानेश्वरस्थित अर्याल होटलमा आयोजित एक कार्यक्रममा प्रत्येक क्याम्पसबाट एक/एक जना संयोजक तोकिएका छन्। उक्त भेलाले यही साउन १६ गते बबरमहलस्थित  कार्की पार्टी प्यालेसमा औपचारिक कार्यक्रम गरी उपत्यकास्तरीय अखिल फोर्सको भेला गर्ने निर्णय गरेको छ।

भेलाको प्रमुख आतिथ्यता नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले गर्ने जनाइएको छ। साउन १६ गते कार्की ब्याङ्केट बबरमहलमा भेला हुने बैठकमा निर्णय भएको भेलालाई सम्बोधन गर्दै अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.