|

काठमाडौं : टोकियो ओलम्पिकमा आज एथलेटिक्स खेलाडी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्दैछिन्।

ओलम्पिक स्टेडियमको ट्रयाकमा सरस्वतीले महिलाको १ सय मिटर दौडमा प्रतिस्पर्धा गर्ने छिन्। सरस्वतीको प्रतिस्पर्धा बिहान नेपाली समय अनुसार ५ बजेर ५२ मिनेटमा सुरु हुनेछ। सरस्वती दोस्रो हिटमा रहेकी छिन्। उनको हिटमा ९ खेलाडी छन् । यस हिटको शीर्ष तीन खेलाडी दोस्रो चरणमा पुग्ने छन्।

सरस्वती यस ओलम्पिकमा राष्ट्रिय कीर्तिमान बनाउने योजनामा रहेकी छिन्। यस स्पर्धामा सरस्वतीको उत्कृष्ट समय १२ दशमलव ५५ सकेन्ड हो। यस स्पर्धामा देवीमाया पनेरुको नाममा राष्ट्रिय कीर्तिमान रहेको छ। सन् १९९९ को साग गेम्समा पनेरुले १२ दशमलव २० सकेन्डको कीर्तिमान बनाएकी थिइन्।

टोकियो ओलम्पिक नेपालबाट पाँच खेलाडी सहभागी भए। जसमा चार जनाको प्रतिस्पर्धा सकिसकेको छ। सरस्वती नेपालको अन्तिम प्रतिस्पर्धी हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.