|

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दैछ।

बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। दोस्रो पटक विघटनपछि सर्वोच्चले पुनर्जीवित गरिदिएको संसद बैठक बिजनेसविहीन बनेको छ। आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने एउटा मात्रै संभावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

शून्य समय र विशेष समयमा सांसदहरुले बोल्ने, संसदीय समिति तथा संवैधानिक निकायका प्रतिवेदन पेश गर्ने र शोक प्रस्ताव पारित गर्नेबाहेक महत्वपूर्ण विषय संसदमा प्रवेश गरेका छैनन्। सदनमा पेश भएर अड्किएका कुनै पनि विधेयकलाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाउने काम भएको छैन। संसदीय समितिबाट पास भएर आएको कुनै पनि विधेयकलाई छलफलका लागि राष्ट्रियसभामा पनि पठाइएको छैन।

संघीय संसद सचिवालयका अनुसार अहिले संसदमा ५५ वटा विधेयकहरु छन्। तीमध्ये प्रतिनिधिसभामा ३० र राष्ट्रियसभामा २५ वटा छन्। दर्ता र सांसदहरुलाई छलफलका लागि वितरण मात्रै भएका विधेयकको संख्या १७ रहेको छ। सभामा पेश भएर रहेको विधेयक २० वटा छन् भने १५ वटा विधेयक संसदीय समितिमा छलफलको क्रममा छन्। एउटा सदनबाट पास भएर अर्को सदनमा सन्देशसहित पेश भएका विधेयक तीन वटा छन्।

पुन:स्थापित प्रतिनिधिसभाको साउन ३ गते पहिलो बैठक बसेको थियो। त्यसयता साउन ८ र १२ गते बसेका बैठक पनि समान्य कार्यसूचीमै सकिएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.