|
फाइल फोटो

काठमाडौं : निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि संकटमा फसेका नेता महन्थ ठाकुर सर्वोच्च पुगेका छन्। 

शुक्रबार सर्वोच्च अदालतमा रिट दर्ता गर्दै ठाकुरले आफू अन्यायमा परेको भन्दै आयोगको निर्णय खारेज गर्न माग गरेका छन्।

 निर्वाचन आयोगको साउन ११ गतेको निर्णय कार्यान्वयन हुँदा पार्टी विभाजन भई यस पार्टीको केन्द्रीय नेतृत्वको प्रयोजन नै समाप्त हुन जाने संभावना रहेको भन्दै ठाकुरले रिटको अन्तिम टुंगो नलाग्दासम्म आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेशको माग गरेका छन्। 

आयोगले आधिकारिकता विवाद टुंगो लगाउन कार्यकारिणी समितिका ५१ जनाको आयोगमै बोलाएर ‘हेडकाउन्ट’ गरेको थियो।

ठाकुरले हेडकाउन्ट रोक्न माग गर्दै साउन ८ गते सर्वोच्चमा रिट हालेका थिए। सर्वोच्चले अब दुवै रिट एकैपटक सुनुवाइ गर्ने भएको छ ।

न्यायाधीश इश्वरप्रसाद खतिवडा र डा.कुमार चुडालको संयुक्त इजलासले शुक्रबार ठाकुर पक्षले दायर गरेका दुवै रिट एकैपटक सुनुवाइ गर्ने आदेश दिएको हो।

तत्कालीन राजपा र समाजवादी पार्टी बीच २०७७ बैशाख १० गते एकीकरण भइ असार २८ मा निर्वाचन आयोगमा नयाँ दल जसपा दर्ता भएको थियो । 

केन्द्रमा पार्टी एकता भए पनि कर्णाली प्रदेशबाहेक अन्य प्रदेश तथा निकायमा समायोजन भएर कुनै पनि आधिकारिक समिति हालसम्म नबनेको ठाकुरले आफ्नो रिटमा उल्लेख गरेका छन्। 

(हेर्नुहोस् रिटको पूर्णपाठ)

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.