|
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। मन्त्रिपरिषदलाई पूर्णता दिने विषयलाई लिएर प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता भएको हो। 

देउवा सरकार गठन भएको दुई साता बितिसक्दासमेत मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्। सत्तारूढ गठबन्धनको आन्तरिक समस्याको कारणले मन्त्रीपरिषद् पुनर्गठनमा ढिलाइ भएको छ। 

गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेका माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा सहभागी छ। तर, गठबन्धनले एमालेको विवादबीच नेपाल समूहले ठोस निर्णय नगर्दा सरकार गठनमा ढिलाइ भएको बताउँदै आएको छ। 

प्रधानमन्त्री देउवा र प्रचण्डले नेता नेपाल समूहलाई सरकारमा ल्याउने प्रयास गरिरहेका छन्। सरकारमा आए कम्तीमा ६ मन्त्रालय दिन गठबन्धन राजी छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.